३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


गायक आदित्य नारायण झा नेपाल आउदै


3.302k
Shares

काठमाडौं । गायक आदित्य नारायण झा नेपाल आउने भएका छन् ।

काठमाडौंको ठमेल स्थित क्लब फ्यारेनहाईटले मंसिर १० अर्थात नोभेम्बर २६ को लागि आयोजना गरेको कन्सर्टको लागि गायक झा नेपाल आउन लागेका हुन् ।गायक झा मंसिर ९ अर्थात नोभेम्बर २५ मा नेपाल आउने कन्सर्टका आयोजक तथा क्लबका प्रबन्ध निर्देशक मिलन श्रेष्ठले जानकारी दिएका छन् । श्रेष्ठका अनुसार गायक झाले कन्सर्टमा भारतीय गीतसँगै नेपाली गीतहरू पनि प्रस्तुत गर्ने छन् ।

क्लब फ्यारेनहाइटमा गायक झाको कन्सर्ट हेर्नका लागि सोहि दिन क्लब फ्यारेनहाइट बाट टिकट लिन सकिने श्रेष्ठले बताएका छन् ।गायक झाले कन्सर्टका साथै आफ्नो नेपाल बसाइमा पशुपतिनाथको पनि दर्शन गर्ने योजना समेत बनाएका छन् ।आदित्य उदित नारायण झाका छोरा हुन् ।