अजय देवगन निर्देशित फिल्म ‘भोला’को टिजर सार्वजनिक « Imagekhabar – Online News Portal of Nepal
१६ मंसिर २०७९, शुक्रबार | Fri Dec 2 2022


अजय देवगन निर्देशित फिल्म ‘भोला’को टिजर सार्वजनिक


78
Shares

एजेन्सी । भारतीय अभिनेता अजय देवगन निर्देशित फिल्म ‘भोला’को टिजर सार्वजनिक भएको छ ।

अजयको पछिल्लो फिल्म ‘दृश्यम २’ यतिबेला बक्सअफिसमा सुखद व्यापार गरिरहेको छ । फिल्मले चार दिनमा ७६ करोड भारतीय रुपैयाँ भन्दा बढी कमाएको छ । यसैबीच अजय देवगनले मंगलबार आफ्नो आगामी फिल्म ‘भोला’ को टिजर सार्वजनिक गरेका छन् ।

सार्वजनिक करिब १ मिनेट २६ सेकेण्ड लामो टिजरको सुरुवात उत्तर प्रदेशको राजधानी लखनउको एउटा अनाथालयबाट हुन्छ । टिजरमा अजयले जेलभित्र श्रीमद भगवद गीता पढिरहेको देखाइएको छ । अजय निधारमा खरानी (भस्म) लगाएका र हातमा त्रिशूल लिएका छन् । साथै अजयलाई एक्शन अवतारमा पनि देखाइएको छ ।

यो फिल्म तमिल फिल्म कैथी को रिमेक हो । जसलाई अजय आफैले निर्देशन गरेका छन् । अजयको निर्देशनमा बन्न लागेको यो चौथो फिल्म हो । यसअघि अजयले ‘यू मी और हम’, ‘शिवाय’ र ‘रनवे ३४’ जस्ता फिल्म निर्देशन गरिसकेका छन् । यस फिल्ममा अजयसँगै तब्बु पनि मुख्य भूमिकामा रहेकी छन् ।

फिल्म ३० मार्च २०२३ मा सिनेमाघरमा रिलिज हुनेछ ।