‘डिसेम्बर फल्स’ फिल्मको टिजर रिलिज « Imagekhabar – Online News Portal of Nepal
२२ मंसिर २०७९, बिहीबार | Thu Dec 8 2022


‘डिसेम्बर फल्स’ फिल्मको टिजर रिलिज


2.613k
Shares

काठमाडाैं । नेपाली फिल्म ‘डिसेम्बर फल्स’को टिजर रिलिज भएकाे छ ।

आर्यन सिग्देल र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्मको १ मिनेट १५ सेकेण्ड अवधिको टिजर बिहीबार युट्युबमा सार्वजनिक भएकाे हो ।

प्रविण झाको निर्देशनमा बनेको ‘डिसेम्बर फल्स’ पुस १५ गतेदेखि देशव्यापी प्रदर्शनमा आउनेछ ।

रामप्रसाद रिजाल प्रस्तुतकर्ता एवं निर्माता रहेको यस फिल्मका लागि आर्यन र उपासनाले निकै मेहनत गरेको टिजरमा देख्न सकिन्छ ।

उक्त चलचित्रमा आर्यन र उपासनाका अलावा सलोन बस्नेत, शिवहरी पौडेल, नगेन्द्र रिजाल, शिशिर राणा, गीता अधिकारी, प्रभात पल ठकुरी, नरेश भट्टराई, सुमन थापालगायतको अभिनय छ ।

बनिश शाहले सम्पादन गरेको यो फिल्मको पटकथा तथा संवाद केदार भुषाल र प्रतिक पौडेलले तयार पारेका हुन् । रोमान्टिक-थ्रिलर जनरामा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता तथा निर्माता राम प्रसाद रिजाल हुन् ।