एनआईसी एशिया बैंकमा भिडियो केवाईसीबाटै ग्राहकको केवाईसी अद्यावधिक गर्न सकिने « Imagekhabar – Online News Portal of Nepal
२१ मंसिर २०७९, बुधबार | Wed Dec 7 2022


एनआईसी एशिया बैंकमा भिडियो केवाईसीबाटै ग्राहकको केवाईसी अद्यावधिक गर्न सकिने


221
Shares

काठमाडौं । एनआईसी एशिया बैंकमा भिडियो केवाईसी बाटै ग्राहकको केवाईसी विवरण अद्यावधिक गर्न सकिने छ ।

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू डिजिटल माध्यमबाट प्रदान गर्न एन आई सी एशिया बैंकमा भिडियो केवाईसी बाटै ग्राहकको केवाईसी विवरण अद्यावधिक गर्न सकिने भएको हो ।

घर वा अफिसबाटै आफ्नो खाताको केवाईसी विवरण अद्यावधिक गर्न सकिने यस नवीन सुविधाको प्रयोग गर्न ग्राहकले बैंकको वेबसाइट www.nicasiabank.com मा रहेको Online Application ट्याब गरी e-KYC छनौट गरी आफ्नो खाता नम्बर तथा KYC अद्यावधिकको कारण उल्लेख गरी OTP प्राप्त गर्ने एसएमएस वा इमेल वा दुबै विकल्प छनौट गरी Submit गर्नुपर्ने छ ।

त्यसपछि ग्राहकले आफ्नो व्यक्तिगत विवरणहरू भरी अनुकुल समयमा Video Call मार्फत KYC विवरण बैंकलाई उपलब्ध गराउन सक्नुहुनेछ वा बैंकिङ्ग समयमा Video Call को लागि Appointment Book गरी सो समयमा KYC विवरण अद्यावधिक गर्न सकिने छ । बैंकले यसअघि अनलाईन खाता खोल्ने ग्राहक महानुभावहरूको लागि अनलाइनबाट उक्त विवरण अद्यावधिक गर्न सकिने Video KYC सेवाको सुरुवात गरिसकेको छ ।

ग्राहकले V-KYC को लागि Call गर्दा आफ्नो पहिचान खुल्ने कुनै एक पहिचान पत्र (नागरिकतारपासपोर्टरड्राइभिङ लाइसेन्सरमतदाता परिचय पत्र) तथा सेतो कागज र कालोरनिलो मसी भएको पेन आफूसँग राखी बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात उक्त Video Call मार्फत देखाउनु पर्ने छ । यसरी V-KYC मार्फत KYC विवरण अद्यावधिक गरेपछि ग्राहकले आफ्नो बैंक खाता पूर्ण रुपमा सञ्चालन गर्न सक्नेछन् ।

स्वदेश वा विदेशमा रहनुभएका ग्राहकलाई Video Call को माध्यमबाट ग्राहक पहिचान सम्बन्धी विवरण अद्यावधिक सहज रुपमा गर्न सकिने हुँदा यसबाट ग्राहक महानुभावहरूलाई उक्त सेवा लिन बैंकको शाखा कार्यालयसम्म भौतिकरुपमा उपस्थिति हुनुपर्ने झन्झबाट मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ ।