Logo २४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026


रिजा शाक्यलाई मिस ललितपुरको ताज


897
Shares

काठमाडौं । आर.बी.क्राउन एण्ड मेनेजमेन्ट प्रा.लि.को आयोजनामा सम्पन्न मिस ललितपुर २०७९ जित रिजा शाक्यले हात पारेकी छन् ।

मिस ललितपुर २०७९ प्रतियोगितामा अञ्जिला महर्जनले द्वितीय, अनु लामाले तृतीय तथा निराशा खातीले चौथो स्थान प्राप्त गरे । कार्यक्रममा आयोजकका तर्फबाट रविन्द्र बज्राचार्यले प्रतिस्पर्धीहरुलाई पुरस्कृत गरेका थिए भने कार्यक्रमका सहयोगीहरुलाई सम्मान समेत गरिएको थियो ।

५ बर्ष पछि तिमी आफूलाई कुन स्थानमा रहेको हेर्न चाहन्छौ ? भन्ने निर्णायकको प्रश्नमा ‘आफू सफल ब्यवसायी एवं सामाजिक कार्यकर्ताका रुपमा कर्म गरिरहेको हुन्छु, मोडलका रुपमा समेत स्थापित हुनुका साथै अन्यलाई पनि सहभागी हुन प्रोत्साहित गरिरहेका हुन्छु ।’ भनी जवाफ दिएर रिजाले मिस ललितपुर २०७९ को उपाधि हात पारेकी हुन् ।

निर्णायकमा कलाकार तथा संचारकर्मी सुरजवीर बज्राचार्य, शिक्षा क्षेत्रका ज्योति थापा तथा चलचित्र निर्देशक राजेशमान सिंह रहेका थिए । कार्यक्रम मिस लिटिल नेवाः फस्ट रनरअप लुँस्वां मानन्धरले संचालन गरेकी थिइन् ।