भारतीय अभिनेत्री फातिमा छारे रोगबाट पीडित « Imagekhabar – Online News Portal of Nepal
२२ मंसिर २०७९, बिहीबार | Thu Dec 8 2022


भारतीय अभिनेत्री फातिमा छारे रोगबाट पीडित


16.302k
Shares

एजेन्सी । भारतीय अभिनेत्री फातिमा सना शेख छारे रोगबाट पीडित भएकी छन् ।

फातिमाले हालै सामाजिक सञ्जाल मार्फत आफू छारे रोगबाट पीडित भएको जानकारी गराएकी छन् । व्यायाम र औषधिको सहयोगले छारे रोग निको पार्ने प्रयास गरिरहेको उनले बताएकी छिन । तर, यो रोगका कारण आफ्नो काममा कहिल्यै बाधा नआएको फातिमाको विश्वास छ । यो रोगको बारेमा आफूलाई पहिलो पटक दंगलको सेटमा थाहा भएको उनले बताइन् ।

फातिमाले आफ्ना प्रशंसकहरूसँग कुराकानीको क्रममा जीवनसँग सम्बन्धित धेरै कुराहरूबारे खुलासा गरेकी छन् । उनले छारे रोगसँगको संघर्षको कथा सुनाइन् र यो रोगले आफुलाई अझ काम गर्ने प्रेरणा दिएको बताइन् ।

फातिमालाई एक प्रशंसकले छारे रोगका बिरामीलाई जुत्ता सुँघ्दा निको हुन्छ भन्ने कुरा सत्य हो ? भनेर सोधेका थिए । यसको जवाफमा फातिमाले लेखेकी छिन्, ‘यस्तो नगर्नुहोस्, यो मिथक मात्र हो । यसले रोगलाई निको बनाउँदैन् ।’

फातिमा अन्तिम पटक अनिल कपूर र हर्षवर्धन कपूर अभिनित फिल्म ‘थार’ मा देखिएकी थिइन्। उनी अहिले चलचित्र ‘धक–धक’ मा काम गरिरहेकी छिन् । यसबाहेक फातिमा फिल्म ‘साम बहादुर’मा इन्दिरा गान्धीको भूमिकामा देखिनेछिन् ।