फिल्म ‘रकी और रानी की प्रेम काहानी ’ को रिलिज मिति सार्वजजिक « Imagekhabar – Online News Portal of Nepal
१६ मंसिर २०७९, शुक्रबार | Fri Dec 2 2022


फिल्म ‘रकी और रानी की प्रेम काहानी ’ को रिलिज मिति सार्वजजिक


871
Shares

एजेन्सी । भारतीय अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर सिंह अभिनित फिल्म ‘रकी और रानी की प्रेम काहानी ’ को रिलिज मिति सार्वजनिक भएको छ ।

निर्माता एवं निर्देशक करण जोहरले सामाजिक सञ्जालमा फिल्मको रिलिज मिति सार्वजनिक गरेका छन् । करण जोहरले पहिलो पटक यसरी सामाजिक सञ्जालमार्फत फिल्मको रिलिज मिति घोषणा गरेका हुन् । फिल्म २८ अप्रिलमा २०२३ मा रिलिज हुनेछ ।

करणले रिलिज मिति घोषणा गर्दै लेखेका छन्, ‘सात वर्षपछि समय आएको छ घर फर्कने र त्यो पहिलो घर सिनेमा हो। मैले मेरो फिल्म सेटमा सधैं धेरै ठूला र उत्साही कलाकारहरूसँग काम गरेको छु। यस चलचित्रको कथा हाम्रो पारिवारिक परम्पराको गहिरो जरासम्म पुगेको छ । र यसको संगीतले दर्शकको मन छुनेछ ।’

आलियाले भर्खरै छोरीलाई जन्म दिएकी छिन् र अहिले प्रसूति बिदामा छिन् । आलियाले करण जोहरको पोस्ट पुनः शेयर गर्दै लेखेकी छिन्, ‘मेरो हृदय आनन्द र उत्साहले भरिएको छ।’

फिल्ममा रणवीर र आलियासँगै धर्मेन्द्र, जया बच्चन र शबाना आजमी पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् । फिल्मलाई इशिता मोइत्रा, शशांक खेतान र सुमित रोयले लेखेका हुन् ।