Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


चलचित्र निर्देशक राकेश कुमारको निधन


24.9k
Shares

एजेन्सी । भारतीय चलचित्र निर्देशक राकेश कुमारको ८१ वर्षको उमेरमा निधन भएको छ ।

उनको गत बिहीबार क्यान्सरको कारण निधन भएको हो । लामो समय देखि क्यान्सरजस्तो ठूलो रोगसँग लड्दै आएका उनी विगत केही महिनादेखि निकै बिरामी थिए ।

भारतीय सञ्चार माध्यमका अनुसार राकेशको सम्झनामा उनको परिवारले आइतबार अर्थात नोभेम्बर १३ मा मुम्बईको अंधेरीमा प्रार्थना सभा आयोजना गरेको छ । यो प्रार्थना सभा अपराह्न ४ बजेदेखि ५ बजेसम्म हुनेछ । राकेशको परिवारमा श्रीमती, छोरा र छोरी छन् ।

राकेश निर्देशक हुनुका साथै लेखक र निर्माता पनि थिए। उनले आफ्नो करियरमा ‘खून पसीना’, ‘दो और दो पांच’, ‘याराना’, ‘जनी आई लभ यू’, ‘दिल तुझको दिया’, ‘कौन जीता कौन हरा’, ‘कमाण्डर’ जस्ता धेरै हिट चलचित्र बनाएका थिए ।

यससँगै उनले केही चलचित्रमा पनि अभिनय गरेका थिए । राकेशको अन्तिम फिल्म सलमान खान अभिनित ‘सूर्यवंशी’ थियो, जुन सन् १९९२ मा रिलिज भएको थियो।

राकेशको निधनले चलचित्र उद्योगमा शोकको माहोल बनेको छ ।

Skip This