५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


चलचित्र ‘सरी मम’ को शीर्ष गीत सार्वजनिक


3.406k
Shares

काठमाडौं । चलचित्र ‘सरी मम’ को शीर्ष गीत सार्वजनिक भएको छ । ‘एन्टी ड्रग्स’ अभियानसहित निर्माण भएको चलचित्र ‘सरी मम’मा समावेश पहिलो गीत शनिबार सार्वजनिक भएको हो ।

निर्माण टिमले चलचित्रमा गीत सार्वजनिक गर्दै प्रदर्शन मिति पनि घोषणा गरेको छ । निर्माण टिमका अनुसार उक्त चलचित्र आगामी मंसिर १५ गतेबाट प्रदर्शन हुने छ ।

चलचित्रका निर्माता विनोद लामाले चलचित्रलाई एक हप्ता मात्रै हलमा प्रदर्शन गर्ने र त्यो पनि बाग्मती प्रदेशमा मात्रै प्रदर्शन गर्ने बताएका छन् । हलमा प्रदर्शनपश्चात चलचित्रलाई देशव्यापी रूपमा लक्षित वर्गसम्म पुर्‍याउने अभियान सुरू गर्ने लामाले बताएका छन् ।

एनएफआई क्रियशनको ब्यानरमा नविन बोगटीको निर्देशनमा बनेको चलचित्रमा सरोज खनाल र सरिता लामिछानेसँगै एलिस राई, प्रभात पल, प्रविल कडेल, आरबि कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाइँ, रेजिना मगर, सरोज बखुरेल, लालमणि भण्डारीको अभिनय रहेको छ ।

चलचित्रमा दिर्घ गुरुङको छायांकन र प्रितम पाण्डेको सम्पादन छ । आयुष बुढाथोकी र सरोज पौडेलले लेखेको चलचित्रका निर्मातामा खेमराज अधिकारी र रोजिता तामाङ छन् ।

सार्वजनिक गीतमा प्रज्वल श्रेष्ठको स्वर रहेको रहेको छ भने शब्द संगीत प्रज्वल र नबिन बोगटीको रहेको छ ।