शाहरुख खान ग्लोबल आइकन अवार्डबाट सम्मानित « Imagekhabar – Online News Portal of Nepal
२३ मंसिर २०७९, शुक्रबार | Sat Dec 10 2022


शाहरुख खान ग्लोबल आइकन अवार्डबाट सम्मानित


650
Shares

एजेन्सी । बलिउड अभिनेता शाहरुख खान युएईमा ग्लोबल आइकन अवार्डबाट सम्मानित भएका छन् ।

यो अवार्ड खानलाई उनको रचनात्मक क्षेत्रमा योगदान र सांस्कृतिक परिदृश्यमा लेखनको लागि प्रदान गरिएको हो ।

शुक्रबार शारजाह अन्तर्राष्ट्रिय पुस्तक मेला २०२२ को ४१ औं संस्करणमा सहभागी भएका उनलाई ग्लोबल आइकन अफ सिनेमा एण्ड कल्चरल नेरेटिभ अवार्डबाट सम्मानित गरिएको थियो ।

खान चाँडै नै आफ्नो फिल्म ‘पठान’ बाट ठूलो पर्दामा देखिदैछन् । फिल्म अर्को वर्ष जनवरीमा रिलिज हुँदैछ । हालै शाहरुखले आफ्नो जन्मदिनको अवसरमा फिल्मको टिजर पनि सार्वजनिक गरेका छन् ।