नेपाल र पाकिस्तानबीच खेलको टिकट मूल्य तय « Imagekhabar – Online News Portal of Nepal
२१ मंसिर २०७९, बुधबार | Wed Dec 7 2022


नेपाल र पाकिस्तानबीच खेलको टिकट मूल्य तय


8.762k
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल र पाकिस्तानबीच हुने मैत्रीपूर्ण खेलको टिकट मूल्य तय गरेको छ ।

एन्फाले बिहीबार पत्रकार सम्मेलन गरी मैत्रीपूर्ण खेलको टिकट मूल्य तय गरेको हो ।

एन्फाले सामान्य प्यारापिटतर्फ ५ सय र भिआइपीतर्फ १ हजारको टिकट दर निर्धारण गरिएको जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेल कात्तिक ३० गते हुने छ ।

मैत्रीपूर्ण खेल फिफा डे अन्तर्गत हुनेछ । खेल साँझ ५ः३० बजे सुरु हुने छ । एन्फाले टिकट काटेर हेर्ने एक भाग्यशाली दर्शकले कतारमा हुने फिफा विश्वकप अन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेलको टिकट पाउने जनाएको छ । विजेता गोलाप्रथाद्वारा छनोट गरिने एन्फाले जनाएको छ ।

मैत्रीपूर्ण खेलका लागि पाकिस्तानको टिम आइतबार नेपाल आइपुग्ने छ ।