आर्सनल तेस्रो चरणबाट बाहिरियो « Imagekhabar – Online News Portal of Nepal
२२ मंसिर २०७९, बिहीबार | Thu Dec 8 2022


आर्सनल तेस्रो चरणबाट बाहिरियो


546
Shares

काठमाडौं । आर्सनल इएफएल कप अर्थात् काराबाओ कप फुटबलको तेस्रो चरणबाट बाहिरिएको छ ।

बुधबार राति ब्राइटनसँग ३–१ ले पराजित हुँदै आर्सनल बाहिरिएको हो ।

खेलको २० औं मिनेटमा एड्डी एनकेटीहले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए । तर, २७ औं मिनेटमा ड्यानी वेल्बेकले पेनाल्टीमा गोल गर्दै ब्राइटनलाई १–१ गोलको बराबरीमा ल्याए ।

५८ औं मिनेटमा कोरु मिटोमाले गोल गर्दै ब्राइटनलाई २–१ को अग्रता दिलाए । त्यसपछि ७१ औं मिनेटमा तारिक लाम्पटेले गोल गर्दै ब्राइटनलाई ३–१ को जित दिलाए ।