रविना टण्डनको फ्यानले अश्लिल तस्वीर र रगतले भरिएको बाेतल पठाएपछि… « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Tue Nov 29 2022


रविना टण्डनको फ्यानले अश्लिल तस्वीर र रगतले भरिएको बाेतल पठाएपछि…


17.225k
Shares

एजेन्सी । ९० को दशककी सुपरहिट भारतीय अभिनेत्री रविना टण्डनको स्टारडम आज पनि घटेको छैन ।

रविनाले आफ्नो फिल्मी करियरमा थुप्रै हिट फिल्म दिएकी छन् । रविनाका प्रशंसक (फ्यान) थुप्रै छन् । तर, उनका एक प्रशंसक उनका लागि पागलपनको हदसम्म पुगेका थिए । हालै एक अन्तर्वार्तामा रविनाले आफ्ना एक प्रशंसकको बारेमा उल्लेख गरेकी छन् ।

रविनाका अनुसार उनका एक प्रशंसक यस्ता थिए जसले रबिनाका बच्चालाई आफ्नो बच्चा भन्थे र रबिनासँग उनको विवाह भइसकेको ठान्थे । भारतीय सञ्चार माध्यमसँगको एक अन्तर्वार्तामा उनले भनेकी छन् , ‘मेरो एक प्रशंसक गोवामा थिए । उनले पहिले नै आफ्नो मनमा उनको र मेरो विवाह भएको मानिसकेका थिए ।’

यति मात्र नभएर ती प्रशंसकले आफ्नो मानसिक सन्तुलन गुमाएको रविनाले बताएकी छन् । रविना भन्छिन्, ‘उनले मेरा बच्चाहरूलाई आफ्नो मान्न थालेका थिए। तर , एकदिन उनले मलाई रगतले भरिएको बोतल कुरियर गरे । साथै उनले मलाई रगतले लेखिएको पत्र र उनको अश्लील तस्वीर पनि पठाए।’

रविनाको एक मात्र नभएर यस्ता धेरै साइको प्रशंसक थिए। अन्तर्वार्ताको क्रममा आफ्नो घरको गेटमा सधैं एक प्रशंसक बस्ने गरेको र एकपटक त्यो प्रशंसकले उनको श्रीमानमाथि कुटपिट गरेको समेत बताएकी छन् ।