आईसीसी टी-ट्वान्टी विश्वकप : अष्ट्रेलियाको दोस्रो जित « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


आईसीसी टी-ट्वान्टी विश्वकप : अष्ट्रेलियाको दोस्रो जित


273
Shares

काठमाडौं । आईसिसी टि–ट्वान्टी विश्वकपमा अष्ट्रेलियाले दोस्रो जित हासिल गरेको छ ।

अष्ट्रेलियाले सुपर १२ को समूह १ मा दोस्रो जित निकाल्दै सेमिफानल पुग्ने सम्भावना पनि जिवित राखेको छ ।

प्रतियोगितामा चौथो खेल खेलिरहेको अष्ट्रेलियाले आयरल्यान्डलाई ४२ रनले पराजित गर्दै सेमिफाइनलमा पुग्ने सम्भावना जिवित राखेको हो ।

अष्ट्रेलियाले दिएको १ सय ८० रनको लक्ष्य पछ्याउने क्रममा आयरल्यान्ड १८ दशमलब १ ओभरमा १३७ रनमा अलआउट भयो ।

नतिजासँगै समूह १ मा सेमिफाइनलको समीकरण थप रोमान्चक बनेको छ । अब न्युजिल्यान्ड र अष्ट्रेलियाको समान ५–५ अंक रहेको छ ।

अष्ट्रेलियाले ४ खेल तथा न्युजिल्यान्डले ३ खेल खेलेको छ । इंग्ल्यान्डको ३ खेलमा ३ र आयरल्याण्डको ४ खेलमा ३ अंक छ ।

श्रीलंका र अफगानिस्तान ३ खेलमा २–२ अंकसाथ पुछारमा छन् ।