Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


एफआईआर पछि साजिदलाई बिग बोस १६ बाट निकालिदै


71.7k
Shares

एजेन्सी । भारतीय फिल्म निर्माता साजिद खान एफआईआर पछि बिग बोस १६ बाट निकालिदै छन् ।

वर्षौंअघि धेरै मोडल, अभिनेत्री र पत्रकारले मि टु मुद्दा अन्तर्गत साजिदमाथि यौन दुर्व्यवहारको आरोप लगाएका थिए । फिल्म उद्योगमा एक वर्ष प्रतिबन्ध लगाएपछि साजिदले क्लिन चिट पाए तर उनलाई बिग बोसमा देखेपछि अब फेरी अभिनेत्री शर्लिन चोपडाले यौन दुर्व्यवहारको मुद्दालाई वैधानिकता दिएकी छिन् ।

शर्लिनले साजिद विरुद्ध जुहू पुलिस स्टेशनमा उजुरी दिएकी छिन् । शर्लिनले आफ्नो बयान पनि रेकर्ड गरिसकेकी छिन्, जसमा छिट्टै कारबाही सुरू हुनेछ । शर्लिनले भारतीय सञ्चार माध्यामसँग कुरा गर्दै भनिन्, ‘मेरो बयान रेकर्ड भइसकेको छ, अब प्रहरीले साजिद खानलाई बोलाएर सोधपुछ गर्नेछ ।’

एएनआईसँगको कुराकानीमा शर्लिनले भनिन् ‘सुरूमा जुहु पुलिस स्टेशनले मुद्दा दर्ता गर्ने प्रहरी अधिकारी उपस्थित नभएको भन्दै बयान रेकर्ड गर्न अस्वीकार गर्यो । तर, पछि शर्लिनले पीएसआई मेघाको अगाडि बयान दिएपछि । पुलिस अफिसर मेघाले शर्लिनलाई चाँडै साजिदलाई पुलिस स्टेशनमा बोलाएर सोधपुछ गर्ने आश्वासन दिएकी छन् ।’

शर्लिनले सलमान खानलाई पनि यस विषयमा ध्यान दिन आग्रह गरेकी छिन् । यससँगै अभिनेत्रीले भनिन्, ‘हामी तिमीलाई भाइजान भन्छौँ, त्यसैले पनि हामी तिम्रो बहिनी जस्तै हौं । यदी, सलमानले साजिदको साथ दिने हो भने हामी पनि सलमान खानको घरबाहिर गएर शान्तिपूर्ण विरोध गर्नेछौं ।

सन् २०१८ मा साजिद विरुद्ध इन्डस्ट्रीका धेरै अभिनेत्रीहरुले यौन उत्पीडनको गम्भीर आरोप लगाएका थिए । यी अभिनेत्रीहरुमा मन्दना करीमी, सलोनी चोपडा, रेचेल ह्वाइट, सिमरन सुरी, मरिना कुँवर, आहाना कुम्रा, डिम्पल पल, शर्लिन चोपडा र पत्रकार करिश्मा उपाध्याय थिए ।

जिया खानको डकुमेन्ट्री फिल्म ‘डेथ इन बलिउड’ (२०२१) मा जिया खानकी बहिनी करिश्माले पनि साजिदले जियालाई उत्पीडन गरेको बताएकी थिइन् ।

Skip This