अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी


23.01k
Shares

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीकाे घरमा चोरी भएको छ ।

प्रियंकाको भैसेपाटीस्थित घरमा लक्ष्मीपूजाको दिन राति चोरी भएको ललितपुर प्रहरी प्रवक्ता एसपी सुधीरराज शाहीले इमेज खबरलाई बताएका छन् ।

उनको घरमा लक्ष्मीपूजाको दिन राति ९ देखि १० बजेको समयमा चोरी भएको हो । चोरले लक्ष्मीपूजा गर्न निकालिएको ३० हजार नगद र करिब ५ तोलाजति सुनका गरगहना चोरी गरेको एसपी शाहीले बताएा ।

प्रियंका र आयुष्मान लक्ष्मीपूजा सकेर खाना खान बाहिर गएको समयमा चोरी भएको हो । प्रहरीले चोरीमा संलग्न हुने व्यक्तिलाई पक्राउ गर्ने तयारी भइरहेको जानकारी दिएको छ ।