Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


विदेशबाट फर्किएर स्वदेशमै कृषि कर्ममा आकर्षित पाल्पाका युवा

टमाटर खेतीबाट मनग्य आम्दानी

221
Shares

पाल्पा । मनग्य धन आर्जन गरेर घरपरिवारलाई सुख दिने र आफ्ना सन्ततिलाई राम्रो शिक्षा दिने सपना साकार पार्न युवाहरू लामो समयसम्म विदेशमै भासिने गरेकोमा पाल्पाका दुई जना युवा छोटो समयमै विदेशबाट फर्किएर कृषि व्यवसाय गरेर अन्य युवाका लागि प्रेरणाका श्रोत बनेका छन् । पाल्पाका बम बहादुर थापा र गिरी बहादुर थापाले विदेशको बसाई टुंग्याएर स्वदेशमै टमाटर खेती गरेर घरको गर्जाे टारेका छन् ।

कृषि कर्मलाई ३ वटै तहका सरकारले समन्वय गरी अगाडि बढाएको खण्डमा रोजगारीको बलियो सम्भावनासँगै आम्दानीको मुख्य माध्यम नै बन्ने देखिन्छ ।

धन कमाउने सपना देखेरै विदेशिएका युवाहरू कोभिडका कारण छोटो समयमै रोजगारी गुमाएर घर फर्किएका जिल्लाका सय भन्दा बढी युवाहरूको वैदेशिक रोजगारीको विकल्प कृषि कर्म हुन पुगेको छ ।

जिल्लाको तानसेन, रामपुर नगरपालिकासहित रिब्दिकोट, बगनासकाली, रैनादेवी छहरा, तिनाउ र निस्दी गाउँपालिकाका युवाहरूले व्यावसायिक तरकारी खेती अन्तर्गत टनेलमा टमाटर खेतीबाट विदेशमा पसिना बगाएर गरेको आम्दानी भन्दा स्वदेशमै गरेको लगानीबाट राम्रो बचत गर्न समेत सफल भएको कृषक बम बहादुर थापा बताउनुहुन्छ ।

विदेशको राप र तापमा रगत र पसिना बगाएर फर्किएका युवा कृषक गिरी बहादुर थापाको पीडा र व्यथा अरूको भन्दा कम छैन् । उहाँले विदेशमा पसिना बगाउन व्यर्थ ठानेर १२ वटा टनेलमा व्यवसायिक टमाटर खेतीबाट विदेशको तुलनामा राम्रो आम्दानी गरेको बताउनुहुन्छ ।

आम्दानी खाडीमा होइन आफ्नै बारीको झाडीमा भन्ने सन्देसका साथ प्रदेश र संघीय सरकारले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मार्फत यान्त्रिकरण, बजारीकरण, आर्थिक तथा प्राविधिक सहयोग गरेको परियोजना पाल्पाका प्रमुख दिपक भट्टराईले बताउनुभयो ।

Skip This