चलचित्र ‘निरमाया’ को टिजर सार्वजनिक « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Tue Nov 29 2022


चलचित्र ‘निरमाया’ को टिजर सार्वजनिक


715
Shares

काठमाडौं । नेपाली कथानक चलचित्र ‘निरमाया’ को टिजर सार्वजनिक भएको छ ।

सार्वजनिक १ मिनेट ४५ सेकेन्ड लामो टिजरले जातीय छुवाछुतविरुद्धको सन्देश प्रस्तुत गरेको छ । रमेश बुढाथोकीको प्रमुख भूमिका रहेको चलचित्रमा लय संग्रौला, जेएन घिमिरे, जेबी डीसी, अजित लामिछाने, प्रतिशा रिजाल, समृद्धि पौडेल, रमेश अधिकारी, गोपाल ढकाल, रामबाबु रेग्मी लगायतको अभिनय रहेको छ ।

रमेश कोइराला निर्देशित उक्त चलचित्रमा जातीय छुवाछुतविरुद्ध आवाज उठाइएको छ । ‘परिवर्तन आफैंबाट सुरु गरौं समाज स्वतः बदलिनेछ’ भन्ने नाराका साथ चलचित्र निर्माण गरिएको हो ।

महेश तिमल्सिना कार्यकारी निर्माता रहेको चलचित्रको निर्माता रोजा तिमल्सिना र रमेश दाहाल हुन् भने उत्तर राना मगर र तारा थापा ‘किम्भे’ले सम्पादन गरेका छन् ।

यो चलचित्रको कथा रामकुमार केसीले तयार पारेका हुन् भने रवि कोइराला र जीवन पराजुलीले छायांकन गरेको छन् ।