
काठमाडौं । बैंक तथा वित्तिय सस्थाले असुल्दै आएको चर्काे व्याजका विरुद्धमा भक्तपुरका उद्यमी व्यवसायीले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा ज्ञापनपत्र बुझाएका छन् ।
भक्तपुर चेम्बर अफ कमर्सको संयोजनमा जिल्लाका विभिन्न व्यवसायिक तथा वस्तुगत संघसंस्थाहरुको उपस्थितिमा ४ बुँदे ध्यानाकर्षण पत्र पेस गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ज्ञापन पत्र पेश गर्दै भक्तपुर चेम्बरका उपाध्यक्ष कविदास श्रेष्ठले चर्को ब्याजदरले उद्योग व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो ।
बैंकहरुले निक्षेपमा ब्याजदर बढाए पनि निक्षेप बढ्न नसकेको तर व्यापार व्यवसायमा गम्भीर नकारात्मक असर परेको चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैंकहरुले हाल विद्यमान स्प्रेडदरलाई घटाउने एवं कर्जाको आधार दरमा समेत न्यूनतम प्रतिसतमात्रै प्रिमियम थप गर्ने व्यवस्था लागु हुनु पर्ने माग गरिएको छ । बैंकका खर्चमा नियन्त्रण गरी आधार दर समेत घटाउन सकिने पनि व्यवसायीको तर्क छ ।
मुलुकको असहज परिस्थितिका कारण ऋणको सावाँ ब्याज भुक्तानी अवधि थप गर्न पनि उनीहरुले माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्