अभिनेत्री हंसिका मोटवानी विवाह बन्धनमा बाँधिदै « Imagekhabar – Online News Portal of Nepal
२२ मंसिर २०७९, बिहीबार | Thu Dec 8 2022


अभिनेत्री हंसिका मोटवानी विवाह बन्धनमा बाँधिदै


6.825k
Shares

एजेन्सी । दक्षिण भारतीय अभिनेत्री हंसिका मोटवानी छिट्टै विवाह बन्धनमा बाँधिने भएकी छन् ।

उनको विवाहको मितिदेखि विवाह स्थानसम्म सबै कुरा फाइनल भइसकेको छ । भारतीय सञ्चार माध्यमका अनुसार हंसिकाको विवाह निकै विशेष हुने भएको छ । अभिनेत्रीले आफ्नो विवाहको लागि राजस्थानको जयपुरमा रहेको ४५० वर्ष पुरानो मुन्डोटा फोर्ट रोजेकी छिन् । हंसिकाको विवाहको सम्पूर्ण कार्य यही किल्लामा हुनेछ ।

हंसिकाको विवाहको मिति नजिकै नै छ । तर, विवाह कहिले हो भन्ने कुराको अहिलेसम्म कुनै आधिकारिक घोषणा भने गरिएको छैन ।

भारतीय सञ्चार माध्यमका अनुसार हंसिकाको विवाह एक राजनीतिज्ञका छोरासँग हुने भनिएको छ । जो चर्चित व्यापारी पनि हुन् । तर, केटाको परिचय पनि खुलाइएको छैन् । विवाह स्थलको कुरा गर्दा जयपुरको मुन्डोटा फोर्टमा हंसिकाको विवाहको तयारी भइरहेको छ । पाहुना कोठादेखि लिएर विवाहको मेनुसम्मको पूर्ण व्यवस्था गरिएको छ ।

हंसिका चाँडै तमिल फिल्म राउडी बेबीमा देखिनेछिन् । हंसिकाले आफ्नो करियर बाल कलाकारको रुपमा सुरु गरेकी थिइन् । शाका लाका बुम बुम जस्ता टिभि कार्यक्रमबाट अभिनेत्रीले टिभी उद्योगमा आफ्नो पहिचान बनाएकी थिइन् । यति मात्र होइन, उनले बलिउड फिल्म ‘कोई मिल गया’ मा पनि बाल अभिनेत्रीको भूमिका निर्वाह गरेकी थिइन् ।