अजय देवगन अभिनित चलचित्र ‘दृश्यम २’को ट्रेलर सार्वजनिक « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


अजय देवगन अभिनित चलचित्र ‘दृश्यम २’को ट्रेलर सार्वजनिक


195
Shares

एजेन्सी । भारतीय अभिनेता अजय देवगन अभिनित चलचित्र ‘दृश्यम २’ को ट्रेलर सार्वजनिक भएको छ ।

सन् २०१५ मा रिलिज भएको भारतीय चलचित्र ‘दृश्यम’ को दोस्रो श्रृंखला बनेको छ । जसको ट्रेलर सोमबार सार्वजनिक भएको हो । चलचित्रको ट्रेलर सामाजिक सञ्जालमा सेयर गर्दै अजयले लेखेका छन्, ‘शब्दहरूमा होइन, भिजुअलमा ध्यान दिनुहोस् । किनभने शब्दहरूमा झुटले लुक्ने ठाउँ खोज्छ ।’

सार्वजनिक उक्त ट्रेलर हेर्दा चलचित्रमा हत्याको रहस्य खुल्ने देखिन्छ । जसमा विजय सालगाउँकर (अजय) र उनको परिवार फेरि प्रहरीको निशानामा आउने ट्रेलरमा देखाइएको छ ।

सार्वजनिक २ मिनेट २४ सेकेण्ड लामो ट्रेलरमा विजयले भिडियो रेकर्ड गरेर आफ्नो अपराध स्वीकार गरेको देखिन्छ । अभिषेक पाठकले निर्देशन गरेको यस चलचित्रमा अजयसँगै अक्षय खन्ना, तब्बु, श्रीया सरन, इशिता दत्त, मृणाल जाधव, रजत कपूरलगायत कलाकारको अभिनय छ ।

चलचित्र नोभेम्बर १८ मा हलमा रिलिज हुने तय भएको छ ।