नवौं राष्ट्रिय खेलकुद : महिला भलिबलमा पुलिसको रोमान्चक जित « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


नवौं राष्ट्रिय खेलकुद : महिला भलिबलमा पुलिसको रोमान्चक जित


104
Shares

म्याग्दी । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिबलतर्फ विभागीय टोली नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
बेनीमा सोमबार भएको क्वाटरफाईनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै पुलिस सेमिफाइनलमा प्रवेश गरेको हो ।

पुलिसले आर्मीमाथि पहिलो सेट २५–१६ र दोस्रो सेट २५–२० ले जितेको थियो । तेस्रो र चौथो सेट भने आर्मी जितेको थियो । आर्मीले क्रमशः २५–२३ र २५–१४ मा दुई सेट जितेको थियो । पाँचौ तथा निर्णायक सेट पुलिसले १५–१३ ले जितेको हो