विराटनगर महानगरद्वारा अवैध संरचना हटाउन सुरु « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


विराटनगर महानगरद्वारा अवैध संरचना हटाउन सुरु


143
Shares

विराटनगर । विराटनगर महानगरपालिकाले पनि सडक मिचेर बनाइएका अवैध संरचना डाेजर लगाएर हटाउन थालेको छ ।

बिराटनगर महानगरपालिका–३ स्थित कन्यामार्गमा सडक क्षेत्रभित्र परेको पर्खाल हटाएर अवैध संरचना हटाउने अभियान महानगरले थालेको हो । स्थानीय कृष्ण र लक्ष्मी रेग्मीले कम्पाउण्ड वाल भत्काउन नदिँदा कन्यामार्गमा नाला निर्माणको काम रोकिएको थियो ।

पर्खाल हटाएपछि नाला निर्माण गर्न सहज भएको महानगरले जनाएको छ । मापदण्डअनुसार सडक निर्माणमा अवरोध भएको स्थानका पर्खाल र संरचना हटाउँदै जाने महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

महानगरले नक्सा पास नगरेका संरचनाको नक्सा स्वीकृत गर्न पनि पटकपटक आग्रह गरी सकेको छ ।