
web pic
काठमाडाैँ । भारतले टी–२० महिला एसिया कप क्रिकेटको उपाधि जितेको छ । बंगलादेशको सिलहटमा आज भएको फाइनल खेलमा भारतले श्रीलंकालाई ८ विकेटले हराएको हो ।
श्रीलंकाले ९ विकेट गुमाएर दिएको ६६ रनको लक्ष्य भारतले २ विकेट गुमाएर ६९ बल बाँकी छँदै भेट्टायो । भारतको जितका लागि स्मृति मन्धनाले नटआउट ५१ रन बनाइन् ।
कप्तान हरमनप्रीत कौरले पनि नटआउट ११ रन बनाइन् भने सेफाली बर्माले ५ र जेमिमा रोड्रिगेज २ रन जोडिन् । अहिलेसम्म महिला एसिया कप ८ पटक भएको छ ।
भारतले एउटा संस्करणमा मात्र उपाधि विहीन भएको थियो । महिला एसिया कपको सुरूवात सन् २००४ मा भएको थियो । त्यतिबेला यो प्रतियोगिता एक दिवसीय थियो । २०२२ मा पहिलो पटक यसको स्वरुप बदलेर टी–२० बनाइएको हो ।
प्रतिक्रिया दिनुहोस्