जान्हवी कपुर अभिनित चलचित्र ‘मिली’ को टिजर सार्वजनिक « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


जान्हवी कपुर अभिनित चलचित्र ‘मिली’ को टिजर सार्वजनिक


624
Shares

एजेन्सी । भारतीय अभिनेत्री जान्हवी कपुरको आगामी चलचित्र ‘मिली’ को टिजर सार्वजनिक भएको छ ।

चलचित्र ‘मिली’ को फर्स्ट लुक अक्टोबर १२ मा सार्वजनिक भएको हो । अभिनेत्रीले सामाजिक सञ्जालमा टिजर शेयर गर्दै फिल्मको घोषणा गरेकी हुन् ।

‘मिली’ मा जान्हवी कपूर नर्सको भूमिकामा देखिनेछिन् । ‘मिली’ एक सर्वाइभल ड्रामा विधाको चलचित्र हो, जुन मलयालम चलचित्र ‘हेलेन’ को हिन्दी रिमेक हो । यस चलचित्रमा जान्हवी कपुरका अलावा मनोज पाहवा, बोनी कपुर र सन्नी कौशल पनि मुख्य भूमिकामा देखिनेछन् ।

विशेष कुरा के छ भने जान्हवी पहिलो पटक बुवा बोनीसँग ठूलो पर्दामा देखिने छिन् ।

जान्हवीको यो फिल्म नोभेम्बर ४ मा हलमा रिलिज हुँदैछ ।