
काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) यूईएफए च्याम्पियन्स लिग फुटबलमा पोर्चुगिज क्लब बेन्फिकासँग बराबरीमा रोकिएको छ ।
समूह चरण अन्तर्गत मंगलबार राति पीएसजी बेन्फिकासँग १–१ को बराबरीमा रोकिएको हो ।
खेलको ४० औं मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ६२ औं मिनेटमा बेन्फिकाका जोआ मारियोले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।
यो बराबरीसँगै समूह ‘एच’ मा पीएसजी र बेन्फिकाको समान ८ अंक भएपनि बढी गोलको आधारमा पिएसजी शीर्ष तथा बेन्फिका दोस्रो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्