Logo १४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026


छवि ओझाले दिए रेखा थापालाई जितको शुभकामना


2.1k
Shares

काठमाडौं । चलचित्र निर्माता छवि ओझाले कलाकारसमेत रहेकी राप्रपा नेतृ रेखा थापालाई प्रतिनिधिसभा सदस्यमा जितको शुभकामना दिनुभएकाे छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार मोरङ ३ मा उम्मेदवारी दर्ता गरेकी रेखालाई छविले जितको शुभकामना दिनुभएकाे हाे ।

पूर्वपतिसमेत रहेका छविले रेखाको साहस, आँट र नेतृत्वदायी क्षमतालाई आफूले नजिकबाट चिनेको बताउनु भयाे । रेखाको राजनीतिक यात्रा सफल रहनेमा विश्वस्त रहेका छविले चलचित्रमार्फत नारी आवाजलाई बुलन्द गर्दै दशौं वर्षसम्म शीर्ष स्थानमा रहन सफल, क्रान्तिकारी मान्यता बोकेकी आँटिली हिम्मतवाली नायिकाको रुपमा चित्रण गर्दै रेखालाई जितको शुभकामना दिनुभएकाे हाे ।

रेखासँग सम्बन्धविच्छेद गरी छविले शिल्पा पोखरेलसँग विवाह गरेका थिए । तर, शिल्पासँग सम्बन्ध धेरै समय टिकेन । तर, उनै छविले पूर्वपत्नी रेखालाई जितको शुभकामना दिनुभएकाे हाे ।

रेखालाई जितको शुभकामना दिँदै छविले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएकाे छ:

कलिलो उमेर मै नेपाली सिने क्षेत्रमा प्रवेश गरेर नेपाली सिने क्षेत्र कै गौरब बन्न सफल– चलचित्रमार्फत नारी आवाजलाई बुलन्द गर्दै दशौं वर्षसम्म शीर्ष स्थानमा रहन सफल, क्रान्तिकारी मान्यता बोकेकी आँटिली हिम्मतवाली नायिका हाल राप्रपाको नेतृ– रेखा थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङ क्षेत्र नं. ३ बाट उम्मेदवाी दर्ता गरेकी छिन्।

रेखाको साहस, आँट र नेतृत्वदायी क्षमतालाई मैले नजिकबाट चिनेको छु– तपाईंको राजनीतिक यात्रा सफल रहनेमा म ढुक्क छु, रेखा जी तपाईलाई जितको लागि अग्रिम शुभकामना