
एजेन्सी । दक्षिण भारतीय फिल्म आदिपुरुषको टिजरलाई लिएर बिवाद भइरहेका बेला फिल्मका निर्देशक ओम राउतले आफ्नो मन भाँचिएको बताएका छन् ।
भारतीय संचार माध्यमका अनुसार खासगरी फिल्ममा रावणको भूमिकामा देखिएका सैफ अली खानको लुक्सलाई लिएर यसमा विवाद उत्पन्न भएको हो । रावणको अवतारमा खानलाई निकै फरक देखिएको छ ।टिजरमा रावणको अवतारमा खानको कपाल छोटो छ, वास्तविक रामायणका रावण भन्दा उनको लुक फरक छ ।उनले कालो रंगको पोशाक लगाएका छन् । त्यसैगरी पुष्पक विमानको सट्टा उनलाई चमेरो जस्तो प्राणीमा उडिरहेको देखाइएको छ । रावणको रुपमा खानको निधारमा न तिलक छ न त्रिपुण्ड छ । उनको यही अवतारलाई लिएर बिवाद सुरु भएको हो । यही बिवादलाई लिएर निर्देशक राउतले मुख खोलेका हुन् । फिल्मको टिजरलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ट्रोल गरेका छन् । निर्देशक राउतले सामाजिक । संजालमा नकारात्मक प्रतिक्रियाले आफूलाई निरास बनाएको र मन भाँचिएको बताएका हुन् ।
उनले भनेका छन्–‘ म पक्कै निराश छु, तर अचम्म लागेन किनकि यो फिल्म ठूलो माध्यम अर्थात् ठूलो पर्दाका लागि बनाइएको हो। यो चलचित्र सानो पर्दाका लागि बनेको होइन यो एक वातावरण हो जुन म नियन्त्रण गर्न सक्दिन।’ दक्षिण भारतीय स्टार प्रभास, सैफ अली खान र कृति सेनन जस्ता स्टार अभिनित फिल्म आदिपुरुषको टिजर २ अक्टोबरमा रिलिज भएको थियो ।आदिपुरुष १२ जनवरी २०२३ मा सिनेमाघररुमा रिलिज हुनेछ ।
भूषण कुमार र कृष्ण कुमार यसका निर्माता हुन् । यो फिल्म रामायणको कथामा आधारित छ । जसमा प्रभास राम, कृति सेनन सीता, सनी सिंह लक्ष्मण र सैफ अली खान रावणको भूमिकामा छन् । यो प्यान इन्डिया फिल्म हो, जुन धेरै भाषामा रिलिज हुनेछ ।त्यसैगरी फिल्ममा हनुमानको अवतारको विषयमा पनि बिवाद भएको छ । कतिपय भारतीय हिन्दुवादी संगठनले फिल्मलाई प्रतिबन्ध लगाउन पनि माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्