एयरपोर्टमा वलिउड अभिनेत्री करीना कपूरलाई घेरेर झोला तानियो « Imagekhabar – Online News Portal of Nepal
२१ मंसिर २०७९, बुधबार | Wed Dec 7 2022


एयरपोर्टमा वलिउड अभिनेत्री करीना कपूरलाई घेरेर झोला तानियो


4.901k
Shares

एजेन्सी । बलिउड अभिनेत्री करिना कपुर खान सोमबार बिहान फिल्म सुटिङका लागि बेलायत जान लाग्दा प्रशंसकहरुले उनको झोला तानेर घेरेका थिए ।

उनी आगामी फिल्मका लागि बेलायत जाँदै गर्दा भारतीय एयरपोर्टमा आफ्नो कारबाट बाहिर निस्किँदा प्रशंसकहरूको भीडले घेरिएकी हुन् । करीनासँग सेल्फी लिन मानिसहरुको यति भीड लागेको थियो कि त्यो भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ ।

आफ्नो मनपर्ने फिल्म स्टारको फोटो क्यामेरामा कैद गर्न उनका प्रशंसकहरू यति उत्सुक थिए कि जसले अभिनेत्रीलाई असहज महसुस गराएको थियो । तर जब कसैले करीनाको झोला तान्यो त्यसपछि उनी मानिसहरुसँग सेल्फी लिन बाध्य भइन् । भीडमा फसेकी उनले आफ्ना प्रशंसकको व्यवहार पनि धैर्यताका साथ हेरेकी भारतीय संचार माध्यमले जनाएका छन् । आफ्नो झोला तान्ने काम हुँदाहुँदै पनि करीनाले फ्यानहरूलाई निराश हुन नदिई कहिले हाँस्ने त कहिले पोज दिएर फोटो खिच्ने काम गरिन् । करिनाले यी अनियन्त्रित प्रशंसकहरुप्रति देखाएको धैर्यताको मानिसहरूले उनको प्रशंसा गरिरहेका छन्। सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले प्रशंसकलाई नम्र व्यवहार गर्न पनि सल्लाह दिएका छन् । करीना कपूर कूल लुकमा एयरपोर्ट पुगेकी थिइन् । भारतीय संचार माध्यमका अनुसार करीना हंसल मेहताको आगामी फिल्मको सुटिङका लागि लण्डन गएकी हुन् ।

उनको अघिल्लो रिलिज लाल सिंह चड्ढाले बक्स अफिसमा खासै कमाइ गर्न सकेन । करीनाले आगामी दिनमा नयाँ फिल्महरु ल्याउनेछिन् भन्नेमा उनका प्रशंसकहरु आशावादी छन् ।