२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पीएसजीको जितमा मेस्सी र एमबाप्पेको गोल


390
Shares

काठमाडौं । स्टार खेलाडी लियोनेल मेस्सी र केलियन एमबाप्पेको गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रान्सेली लिग वानमा जित निकालेको छ ।

शनिबार राति भएको खेलमा पीएसजीले नाइसमाथि २–१ को जित निकालेको हो ।

खेलको २९ औं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमै नाइसका गेटन लाबोर्डेले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसपछि ८३ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई २–१ को जित दिलाए ।

जितसँगै पीएसजी लिग वानको शीर्ष स्थानमा उक्लिएको छ । पीएसजीको ९ खेलबाट २५ अंक पुगेको छ । पराजित नाइस ८ अंक जोडेर १३औं स्थानमा रहेको छ ।