
काठमाडौं । पाकिस्तान र इंग्ल्याण्डबीचको टी–ट्वान्टी सिरिज अन्तर्गत भएको छैटौं खेलमा इंग्ल्यान्डले जित निकालेको छ ।
लाहोरमा शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ८ विकेटले हराएको हो ।
यस जितसँगै इंग्ल्यान्डले ७ खेलको सिरिजमा ३–३ को बराबरी गरेको छ । दुई टोलीबीचको अन्तिम तथा निर्णायक खेल आइतबार हुनेछ ।
पाकिस्तानले दिएको १ सय ७० रनको लक्ष्य इंग्ल्यान्डले १४ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गरेको छ ।
इंग्ल्यान्डको जितमा फिल साल्टले अविजित रहँदै ८७ रनको अर्धशतकीय इनिङ खेले । बेन डुकेटले अविजित २६ रन जोडे । एलेक्स हेल्स २७ रनमा आउट हुँदा डाविड मालनले २६ रन बनाए ।
पाकिस्तानका शादब खानले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६९ रन जोडेको थियो ।
पाकिस्तानका लागि कप्तान बाबर आजमले ८७ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै इफ्तिखर अहमदले ३१ तथा हैदर अलीले १८ र मोहमद नवाजले १२ रन बनाए ।
इंग्ल्यान्डका डेविड विलि र साम करणले २/२ तथा रिस टोप्ली र रिचर्ड ग्लेसनले एक/एक विकेट लिए ।
दुई टोलीबीचको अन्तिम तथा निर्णायक खेल आइतबार हुनेछ ।
प्रतिक्रिया दिनुहोस्