एन्फाको विशेष साधारण सभा आज, दुई सदस्य निर्वाचित गर्ने « Imagekhabar – Online News Portal of Nepal
२० मंसिर २०७९, मंगलवार | Tue Dec 6 2022


एन्फाको विशेष साधारण सभा आज, दुई सदस्य निर्वाचित गर्ने


26
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा आज बुधबार हुँदैछ ।

त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा हुने विशेष साधारण सभाले एन्फा कार्यसमितिमा दुई सदस्य निर्वाचित गर्नेछ ।

एन्फाको गत साउन २६ गते बसेको कार्यसमिति बैठकले बुधबारको लागि विशेष साधारण सभाको मिति तोकेको थियो । असार ६ गते भएको एन्फाको निर्वाचनमा २१ सदस्यीय कार्यसमिति चयन हुनुपर्नेमा १९ पदाधिकारी मात्र चयन भएका थिए । बाँकी दुई सदस्यका लागि चार जनाको मत बराबर भएपछि बुधबार विशेष साधारसभा गरेर टुंग्याउनुपर्ने अवस्था आएको हो ।

त्यतिबेला दीपक थापा क्षेत्री, दीपेन्द्र धिमाल, रुपेश अधिकारी र लोकेन्द्र गुरुङले समान ३९ मत प्राप्त गरेका थिए । आज दुई सदस्यको निर्वाचित भएपछि एन्फा कार्यसमितीले पूर्णता पाउनेछ ।