दयाहाङ र सौगातको अभिनित ‘२ नम्बरी’ ट्रेलर सार्वजनिक « Imagekhabar – Online News Portal of Nepal
२३ मंसिर २०७९, शुक्रबार | Fri Dec 9 2022


दयाहाङ र सौगातको अभिनित ‘२ नम्बरी’ ट्रेलर सार्वजनिक


7.865k
Shares

काठमाडौं । दीपेन्द्र लामा निर्देशित फिल्म ‘२ नम्बरी’ को ट्रेलर सार्वजनिक भएको छ ।

मंगलबार राजधानीमा एक कार्यक्रमका बीच निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको थियो ।

३ मिनेट १७ सेकेण्डको सार्वजनिक फिल्मको ट्रेलर मित्रता, प्रेम र चोरी सिकारीको बिषय समेटिएको छ ।

दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासनासिंह ठकुरी, बुद्धि तामाङ्गको अलवा पुस्कर गुरुङ, शारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौला, विश्वास गुरुङ, स्व.जयनन्द लामालगायतको पनि अभिनय छ ।

फिल्ममा दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठ निर्माता हुन् । सरोज नेपाली कार्यकारी निर्माता रहेको फिल्मको सह–निर्मातामा मिठु तामाङ्नी रहेकी छन् ।

सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन रहेको फिल्ममा जयन जे वाइवाले संगीत दिएका छन् ।