Logo १५ भाद्र २०८३, सोमबार | Tue Sep 1 2026


गुरुराज घिमिरेले भने – अवश्यक परे प्रचण्डविरुद्ध उम्मेदवारी दिन्छाैं


1.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले आफ्नो समूहले गरिरहेको खबरदारी पार्टी सभापति शेरबहादुर देउवालाई मात्र नभएर शेखर कोइरालालाई पनि भएको बताउनुभएकाे छ ।

मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै शेखर कोइराला पक्षका नेता गुरुराजले कांग्रेसभित्र उम्मेदवार चयन र सिट बाँडफाँटमा असन्तुष्टि जनाउनु भयाे ।

समानुपातिक पद्धतिको उम्मेदवारको बन्द सूचीप्रति आपत्ति जनाउँदै विरोधमा उत्रिरहेको समूहको अगुवाइ गरिरहेका उहाँले नेताहरूलाई न्यायिक निर्णय गर्न आग्रह गर्नुभयाे।

कांग्रेसकै भाग खोस्ने काम माओवादीबाट भएकाले प्रचण्डविरुद्ध उम्मेदवारी दिने अभिव्यक्ति दिएको उहाँले बताउनु भयाे ।