Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


प्रेम गीत ३ ले तीन दिनमा कति कमायो ?


28k
Shares

काठमाडौं । प्रेम गीत ३ नेपाल र भारतसहित विश्वका अधिकांश देशमा प्रदर्शन भइरहेकाे छ ।

भारतीय सञ्चारमाध्यम बलिउड हंगामाका अनुसार प्रेम गीत ३ ले तेस्रो दिनसम्म विश्वभरि १७ करोड बढी कमाइ गरेको छ।

प्रेम गीत ३ ले भारतमात्रै आइतबार ६४ लाख भारतीय रुपैयाँ कमाएको बलिउड हंगामाले जनाएकाे छ । नेपालमा भने आइतबार यो चलिचत्रले डेढ करोडको कमाइ गरेको छ।

भारतबाहेक यो चलिचत्रले २ करोड ३९ लाख भारतीय रुपैयाँ कमाएको छ। यो चलिचत्रले पहिलो दिन ७ करोड ७५ लाख बढी कमाइ गरेको थियो।

चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, मनिषा राउतलगायतको अभिनय रहेको छ। फिल्मलाई सन्तोष सेन र चेतन गुरुङले संयुक्त निर्देशन गरेका हुन्।

यो चलचित्र भारतमा मात्रै ५०० स्क्रिनमा रिलिज गरिएको थियो भने भारतबाहेक ७०० स्क्रिनमा रिलिज गरिएको बलिउड हंगामाले जनाएको छ।

नेपाली चलिचत्र पहिलो पटक भारतीय वितकरले हिन्दी डबसहित विश्वबजारमा प्रदर्शनमा ल्याएको हो।

Skip This