
काठमाडौं, जेठ ३२ । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारलाई चालु खर्च धान्नै कठिन भएको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा आर्थिक विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले सरकारलाई अनिवार्य दायित्व धान्न मासिक ४० अर्ब रुपैयाँ आवश्यक पर्ने तर उक्त रकम जुट्न नसक्दा समस्या परेको बताएका हुन् ।
खतिवडाले भने, ‘अहिले हाम्रो मासिक अनिवार्य दायित्व ४० अर्ब छ । यो भनेको चालु खर्च हो जुन सरकारले जसरी पनि नगदमा भुक्तानी गर्नुपर्छ । यसका लागि हामीलाई केही समस्या भइरहेको छ । अहिले भन्सारबाट महिनामा १५ अर्बजति राजश्व उठिरहेको छ । त्योभन्दा न्यून आन्तरिक राजश्व छ । यसले ४० अर्बको दायित्व पूरा गर्न गाह्रो भइरहेको छ ।’
अर्थमन्त्री खतिवडाले खासै प्रयोगमा नरहेका सरकारी कोष परिचालन गरेर व्यवस्थापन गरिने संसदलाई जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस्