१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


सन्दीप लामिछानेले भने – म आइसोलेसनमा छु, चाँडै नेपाल फर्किन्छु


2.86k
Shares

काठमाडौं । नाबालिका बलात्कार गरेको अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने नेपाल फर्किने बताएका छन् ।

उनले आफूमाथि लागेको अभियोगको ‘प्रतिवाद गर्न नेपाल फर्किने तरखर’मा रहेको सामाजिक सञ्जाल फेसबुकमा आइतबार राति स्ट्याटस बताएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘मानसिक तनाव र स्वास्थ्य खराबीका कारण आइसोलेसनमा बसेको छु। र, म चाँडै नेपाल फर्किने छु।’