Logo १८ आश्विन २०८३, आइतबार | Mon Oct 5 2026


‘प्रेमगीत-३’ ले दुई दिनमा कति कमायो ?


5.6k
Shares

काठमाडौं । प्रेम गीत ३ नेपाल र भारतसहित विश्वका अधिकांश देशमा प्रदर्शन भइरहेकाे छ ।

भारतीय सञ्चारमाध्यम बलिउड हंगामाका अनुसार दुई दिनमा ‘प्रेमगीत’को हिन्दी र नेपाली संस्करणले विश्वव्यापी ८ करोड ७९ करोड भारु अर्थात् १४ करोड ६ लाख रुपैयाँ कमाएको छ ।

‘प्रेमगीत ३’ले नेपालमा सुरुवाती दुई दिनमा ४ करोड २५ लाख रुपैँया कमाएको छ । नेपाली संस्करणले घरेलु बक्स अफिसमा शुक्रबार २ करोड ५ लाख ग्रस र शनिबार २ करोड २० लाख रुपैयाँ कमाएको हो ।

भारतमा फिल्मको हिन्दी संस्करणले दुई दिनमा १ करोड ९५ लाख भारु कमाएको छ । शुक्रबार भारतमा १ करोड १२ लाख र शनिबार ८३ लाख भारु कमाइ भएको छ ।

ओभरसिजमा शुक्रबार १ करोड ६७ लाख भारु कमाएको फिल्मले शनिबार १ करोड २३ लाख रुपैयाँ कमायो । ओभरसिजमा दुई दिनमा फिल्मले २ करोड ९० लाख भारु कमायो ।

फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, मनिषा राउतलगायतको अभिनय रहेको छ। फिल्मलाई सन्तोष सेन र चेतन गुरुङले संयुक्त निर्देशन गरेका हुन्।

यो फिल्म भारतमात्रै ५०० स्क्रिनमा रिलिज गरिएको थियो भने भारतबाहेक ७०० स्क्रिनमा रिलिज गरिएको बलिउड हंगामाले जनाएको छ। नेपाली फिल्म पहिलो पटक भारतीय वितकरले हिन्दी डबसहित विश्वबजारमा प्रदर्शनमा ल्याएको हो।