साबा महिला बास्केटबल : नेपालले आज माल्दिभ्ससँग खेल्दै « Imagekhabar – Online News Portal of Nepal
२० मंसिर २०७९, मंगलवार | Tue Dec 6 2022


साबा महिला बास्केटबल : नेपालले आज माल्दिभ्ससँग खेल्दै


78
Shares

काठमाडौं । दक्षिण एसियाली महिला बास्केटबल (साबा) च्याम्पियनसिपमा नेपालले आज आयोजक माल्दिभ्ससँग खेल्दैछ ।

नेपाल र माल्दिभ्सबीचको खेल राति सवा ८ बजे सुरु हुनेछ ।

सदिना श्रेष्ठको कप्तानीमा रहेको नेपाल प्रतियोगितामा सुखद सुरुआत गर्ने योजनामा छ । तर, घरेलु प्रतिद्वन्दीविरुद्ध नेपाललाई जित निकाल्न सहज भने हुने छैन ।

नेपाली टोलीमा कप्तान सदिनासँगै एलिना गुरुङ, एलिशा मल्ल, अमिशा घले, अनुषा मल्ल, विनामणि योञ्जन, गरिशा सिलवाल, मिना गुरुङ, मुना महर्जन, प्रतिक्षा मगर, रचना श्रेष्ठ र श्रेया खड्का छन् ।

४ राष्ट्र सहभागी प्रतियोगिताको दोस्रो खेलमा नेपालले श्रीलंकासँग मंगलबार र अन्तिम खेलमा भुटानसँग बुधबार खेल्नेछ ।

प्रतियोगिताका लागि १३ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली शुक्रबार माल्दिभ्स गएको थियो ।