१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


इंग्ल्यान्डमाथि पाकिस्तान १० विकेटले विजयी


182
Shares

काठमाडौं । घरेलु टोली पाकिस्तानले इंग्ल्यान्डविरुद्धको दोस्रो टी–ट्वान्टी अन्तराष्ट्रिय खेलमा जित हात पारेको छ ।

कराँचीमा बिहीबार राति पाकिस्तानले भ्रमणकारी टोलीलाई १० विकेटले पराजित गरेको हो ।

यस जितसँगै इंग्ल्यान्डविरुद्ध घरेलु टोलीले ७ खेलको सिरिजमा १–१ को बराबरी गरेको छ ।

इंग्ल्यान्डले दिएको २ सय रनको लक्ष्य घरेलु टोलीले १९ ओभर ३ बलमा बिना विकेटको क्षतिमा पूरा गर्यो ।

पाकिस्तानका लागि मोहम्मद रिजवानले अविजित १ सय १० र बाबर अजामले अविजित ८८ रन बनाए।

त्यसअघि पहिले ब्याटिङ गरेको पाहुना टोली इंग्ल्यान्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९९ रन बनाएको थियो ।

इंग्ल्यान्डका लागि कप्तान मोईन अलिले अविजित ५५, बेन डुकेटले ४३, ह्यारी ब्रुक्सले ३१, फिलिप साल्टले ३०, एलेक्स हेल्सले २६ तथा साम करनले अविजित १० रन बनाए ।

घरेलु टोलीका लागि हरिस राउफ र शाहनवाज दहानीले समान २/२ तथा मोहम्मद नवाजले १ विकेट लिए ।

दुई टोलीबीचको तेस्रो टी–ट्वान्टी आज शुक्रबार हुनेछ ।