Logo १ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026


हिन्दी ‘प्रेमगीत ३’ को समर्थनमा गायक राजेशपायल राई


8.3k
Shares

काठमाडौं । प्रदर्शनको तयारीमा रहेको इन्डो – नेपाली चलचित्र ‘प्रेमगीत ३’ को समर्थनमा गायक राजेशपायल राई देखिएका छन् ।

तीव्र विवादमा फसेको उक्त चलचित्रको हिन्दी स्वरांकनलाई लिएर कलाकर्मीहरू नै दुई भागमा बाँडिएको देखिएको छ । यतिबेला चलचित्र ‘प्रेमगीत ३’को हिन्दी स्वरांकनको विवाद उत्कर्षमा छ । यस चलचित्रका निर्माता सन्तोष सेनले चलचित्र विकास बोर्डमा हिन्दी स्वरांकनलाई नेपाली चलचित्र सरह सेवा सुविधा दिन माग गर्दै निवेदन बुझाएपछि नेपाल चलचित्र निर्माता संघ त्यसको विपक्षमा छ ।

यसै विवादमा कलाकर्मीहरूले आ–आफ्नो धारणा राखिरहेको छन् । यसैबीच गायक राई हिन्दी ‘प्रेमगीत ३’ को समर्थनमा देखिएका हुन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनी हिन्दी ‘प्रेमगीत ३’ को समर्थनमा उत्रिएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘नेपालीमा त हेर्ने नै भएँ, हिन्दी भाषाको पनि हेर्छु । कोही छ मलाई राष्ट्रघाती भन्ने ?’

निर्माता सेनले चलचित्र विकास बोर्डमा हिन्दी स्वरांकनलाई नेपाली चलचित्र सरह सेवा सुविधा दिन माग गरेपछि निर्माता संघका अध्यक्ष नवल खड्काले हिन्दी स्वरांकनलाई नेपाली चलचित्र सरह सुविधा माग्नु राष्ट्रघात र देशद्रोही रहेको अभिव्यक्ति समेत दिएका थिए । गायक राईको उक्त स्टाटस निर्माता संघका अध्यक्ष खड्काप्रति लक्षित छ ।

चलचित्रको हिन्दी संस्वरांकनको सेन्सर अहिलेसम्म हुन सकेको छैन । चलचित्र विकास बोर्डले विदेशी फिल्मको जसरी प्रक्रिया मार्फत मात्र सेन्सर गर्न सकिने बताएको छ ।

Skip This