Logo १४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026


‘प्रेमगीत ३’बारे करिश्माको तर्क : ‘निजी स्वार्थबाट उठेर चलचित्र क्षेत्रलाई अगाडि लैजानुपर्छ’


6.1k
Shares

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले ‘प्रेमगीत ३’ र विकास बोर्ड विवादमा आफ्नो तर्क प्रस्तुत गरेकी छन् ।

उनले सामाजिक सञ्जालमार्फत लामो स्टाटस लेख्दैे ‘प्रेमगीत ३’को पक्षमा बोलेकी छन् । उनले कहिलेकाही नबोलु भन्दा पनि बोल्नुपर्ने रहेछ भन्दै चलचित्र विकास बोर्डलाई सुझाव समेत दिएकी छन् । उनले निजी स्वार्थबाट उठेर चलचित्र क्षेत्रलाई अगाडि लैजानुपर्छ भन्ने कुरामा जोड दिएकी छन् ।

नेपाली चलचित्र विश्व बजारसम्म नपुगेको वर्तमान अवस्थामा नेपालीले नेपाली पैसा लगानी गरेर नेपालकै सुन्दर दृश्यहरु समेटेर, नेपाल कै कथामा बनेको चलचित्रलाई विदेशी भूमिमा चलाउनकै लागि त्यो मुलुकको भाषामा स्वराङ्कित गर्दा के नराम्रो भयो ? भनेर उनले प्रश्न समेत गरेकी छन् ।

भाषा एउटा माध्यम मात्र भएकाले ‘प्रेमगीत ३’ हिन्दी भाषामा स्वराङ्कित गरिएको हुन सक्ने उनको तर्क छ । प्रेमगीत ३ लाई अंग्रेजी, चिनियाँ, इटालियन, जापानी र कोरियाली भाषामा समेत स्वरांकन गर्नुपर्ने करिश्माको सुझाव छ ।

हिन्दी वा विदेशी चलचित्र आउनासाथ सेन्सर गरेर देखाउन हतार गर्ने तर, नेपाली लगानीमा बनेको नेपाली चलचित्र विदेशी भाषामा स्वराङ्कन हुदाँ यसरी विवाद नगरी प्रदर्शनमा सघाउन पर्ने उनको तर्क छ ।