६ माघ २०८१, आइतबार | Sun Jan 19 2025


रसुवागढी नाकामा चहलपहल बढ्यो


39
Shares

काठमाडौं । चिनियाँ नाकाबाट सामान बोकेका कन्टेनर भित्रिन थालेपछि रसुवागढी नाकामा चहलपहल बढेको छ ।

गत भदौ ३० गतेबाट नाकाबाट पुनः आयात सुरु भएपछि गएको तीन दिनमा ५६ वटा चिनियाँ मालवाहक कन्टेनरले रसुवागढीस्थित नेपाली भू–भागमा मालसामान ल्याएको बताइएको छ ।

बडादशैँलाई केन्द्रित गरी नेपाल भित्रिएका सामान ढुवानीका लागि सयौँ कन्टेनर रसुवागढी तथा टिमुरे क्षेत्र पुगिसकेकोे सीमा प्रहरीले जनाएको छ ।