काठमाडौं । एनआईसी एशिया बैंकद्वारा घातक रोग बीमा वापत ग्राहकलाई २० लाख रकम भुक्तानी गरेको छ ।
सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोलेका २ जना ग्राहकलाई खातामा उपलब्ध घातक रोग बीमा वापत प्रतिव्यक्ति १० लाख रूपैयाँको दरले कुल २० लाख रूपैयाँ बीमा रकम भुक्तानी गरेको हो ।
बैंकको नेपालगञ्ज शाखामा ‘एम्बेसडर’ श्रेणीको सर्वश्रेष्ठ बचत खाता खोल्नुभएको सुजन शाह र तिनचुली शाखामा सोही खाता खोल्नुभएको स्व. महेश कपालीको हिताधिकारीहरूलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त बीमा रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको थियो ।
बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो ।
बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजना अन्तर्गत हालसम्म देशभरका १ हजार ७ सय ३३ जना भन्दा बढी ग्राहकहरूले घातक रोग बीमा बापत २ करोड ६० लाख रूपैयाँ, दुर्घटना बीमा वापत ७० लाख रूपैयाँ र मेडिकल बीमा वापत ३ करोड ३१ लाख रूपैयाँ गरी कुल ६ करोड ६१ लाख रुपैयाँ भन्दा बढी बीमा रकम प्राप्त गरिसक्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्