निर्देशक सुदर्शन थापाविरुद्ध प्रहरीमा उजुरी « Imagekhabar – Online News Portal of Nepal
१२ आश्विन २०७९, बुधबार | Wed Sep 28 2022


निर्देशक सुदर्शन थापाविरुद्ध प्रहरीमा उजुरी


7.436k
Shares

काठमाडौं । निर्देशक सुदर्शन थापाविरुद्ध एक पत्रकारले प्रहरीमा उजुरी दिएका छन् ।

पत्रकार सुजन श्रेष्ठले बिहीबार गौशला प्रहरी वृत्तमा उजुरी दिएका छन् । सुदर्शनले आफूमाथि कानको जाली फुटाउने धम्की दिँदै गालीगलौज गरेको भन्दै उनले उजुरी दिएका हुन् ।

सुजनले केही समय अगाडि चलचित्र ‘सम्हालिन्छ कहिले मन’ हेर्न दर्शक नआएको भन्दै एक अनलाइनमा समाचार प्रकाशित गरेका थिए । आफू निर्देशित चलचित्रको नकारात्मक समाचार आएपछि आपत्ति जनाउँदै फोन गरेर सुदर्शनले गालीगलौज गरेका थिए । चलचित्रको विषयमा भ्रामक समाचार सम्प्रेषण गरेको आरोप लगाउँदै सुदर्शनले कानको जाली फुटाउने धम्की समेत दिएका थिए ।

सुदर्शनले धम्की दिएको एक मिनेटको अडियो सुजनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।