‘ब्रह्मास्त्र’ को दोस्रो श्रृखंला ३ वर्षपछि « Imagekhabar – Online News Portal of Nepal
१७ आश्विन २०७९, सोमबार | Tue Oct 4 2022


‘ब्रह्मास्त्र’ को दोस्रो श्रृखंला ३ वर्षपछि


16.692k
Shares

एजेन्सी । बलिउड अभिनेता रणबीर कपूर अभिनीत फिल्म ‘ब्रह्मास्त्र’ ले भारतीय बक्सअफिसमा आक्रामक कलेक्सन गरिरहेको छ । प्रदर्शनको तीन दिनमै सय करोडको आँकडा सजिलै पार गरेको फिल्मको भिएफएक्स पार्टलाई अत्याधिक रुचाइएको छ ।

४ सय १० करोडमा निर्माण भएको ‘ब्रह्मास्त्र’मा रणबीरका अलावा आलिया भट्ट, अमिताभ बच्चन, नागार्जुन, मौनी रोयको पनि अभिनय रहेको छ । फिल्ममा शाहरुख खान केमियो भूमिकामा देखिएका छन् ।

अब यो फिल्मको दोस्रो भाग ‘देवा’ को प्रतिक्षा दर्शकले व्यग्र रुपमा गरिरहेका छन् । तर, यो फिल्मको दोसो पार्ट हेर्न झन्डै तीन वर्ष पर्खिनु पर्ने देखिएको छ ।

निर्देशक अयान मुखर्जीले सन् २०२५ मा फिल्मको दोस्रो श्रृखंला रिलिज गर्ने तयारी रहेको जानकारी दिएका छन् । उनले भनेका छन्, ‘२०२५ को डिसेम्बरमा दोस्रो श्रृखंला रिलिज गर्ने तयारी भइरहेको छ । फिल्मको स्क्रिप्टको काम पहिला देखि नै चलिरहेको छ । हामीले कयौं अध्ययनका साथ लेखन पनि गरिसकेका छौं । यसप्रकारको फिल्मलाई कसरी बनाउने भन्ने कुरा पहिलो श्रृखंलाबाट सिकेका छौं ।’

यसप्रकारको फिल्मका लागि प्रि प्रोडक्शन, भिएफएक्स र पोस्ट प्रोडक्शनमा पर्याप्त समय चाहिने भएकाले छायांकनमा निस्कन र प्रदर्शनका लागि हतार नगर्ने निर्देशक मुखर्जीको बताएका छन् ।