१९ मंसिर २०८०, मंगलबार | Wed Dec 6 2023


साफ यू–१७ : नेपाललाई हराउँदै भारतले जित्यो उपाधि


455
Shares

काठमाडौं । श्रीलंकामा सम्पन्न साफ यू–१७ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ ।

कोलम्बोमा बुधबार भएको फाइनलमा १० खेलाडीमा समेटिएको नेपाललाई ४–० गोल अन्तरले हराउँदै भारतले उपाधि जितेको हो ।

कोलम्बोको रेस कोर्स ग्राउण्डमा भारतलाई जित दिलाउन बोबी सिंह, भान्लाल्पेका गुइटे, कोरोउ सिंह र अमनले एक एक गोल गरे ।

खेलको १८ औं मिनेटमा बोबीले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । ३० औं मिनेटमा कोरोउ सिंहले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाए । ३९ औं मिनेटमा नेपाल १० खेलाडीमा समेटियो । भारतका ड्यानीलाई फल गरेपछि नेपालका कप्तान प्रशान्त लक्समले रातो कार्ड पाए ।

खेलको ६३ औं मिनेटमा कप्तान गुइटेले गोल गर्दै भारतलाई ३–० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा अमनले गोल गर्दै भारतलाई ४–० को जित दिलाए ।

जितसँगै भारतले लगातार दोस्रो पटक उपाधि जितेको छ । यस्तै, भारतले नेपालविरुद्ध समूह चरणमा व्यहोरेको हारको बदला लिएको छ । नेपालले समूह चरणमा भारतलाई ३–१ गोल अन्तरले हराएको थियो ।