सामी-सामी गीतमा नेपाली बालिकाको डान्स भिडियो सेयर गर्दै रश्मिकाले देखाइन भेट्ने इच्छा « Imagekhabar – Online News Portal of Nepal
१७ आश्विन २०७९, सोमबार | Tue Oct 4 2022


सामी-सामी गीतमा नेपाली बालिकाको डान्स भिडियो सेयर गर्दै रश्मिकाले देखाइन भेट्ने इच्छा


90.376k
Shares

एजेन्सी । दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दानाले हालै सामाजिक सञ्जालमा एक नेपाली बालिकाको डान्स भिडियो सेयर गर्दै उनलाई भेट्ने इच्छा व्यक्त गरेकी छन् ।

ती बालिका आफ्ना साथीहरूसँग रश्मिकाको सुपरहिट गीत सामी-सामीमा नाच्दै गरेको देखिएकी थिइन् । बालिकाको एक्सप्रेशन र डान्सिङ स्टेप देखेर रश्मिकाको मन छोएको उनले बताएकी छन् ।रश्मिकाले सामाजिक सञ्जालमा ती बालिकाको भिडियो सेयर गर्दै लेखेकी छिन्, ‘मेरो दिन बनेको छ, म यो प्यारी क्युटीलाई भेट्न चाहन्छु। म कसरी भेट्न सक्छु ?’

यो भिडियो रश्मिकाको फ्यानहरूले ट्विटरमा सेयर गरेका थिए। जसलाई रशिमकाले पनि देखेपछि आफ्नो ट्विटर ह्यान्डलबाट सेयर गरेकी हुन् ।

ती बालिकाले डान्स गरेको उक्त गीत रश्मिका अभिनित ब्लकबस्टर फिल्म ‘पुष्पा’ को हो । जुन फिल्ममा अभिनेता अल्लु अर्जुन रश्मिकाको अपोजिट मुख्य भूमिकामा देखिएका थिए ।

यो फिल्म प्यान इन्डिया रिलिज फिल्म थियो। जुन हिन्दी, तेलुगु, तमिललगायत सबै भाषामा सुपरहिट साबित भएको थियो ।