तनहुँ प्रशासनबाट ४ करोड राजस्व संकलन « Imagekhabar – Online News Portal of Nepal
१२ आश्विन २०७९, बुधबार | Wed Sep 28 2022


तनहुँ प्रशासनबाट ४ करोड राजस्व संकलन


65
Shares

काठमाडौं । तनहुँमा राहदानी वितरणबाट आर्थिक वर्ष ०७८/७९ मा चार करोड ४२ लाख रुपैया राजश्व संकलन भएको छ ।

जिल्लाबाट ६ हजार ६ सय १९ राहदानी वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिनुभयो । उहाँले आठ हजार आठ सय ५४ जनाको राहदानीका लागि जिल्लाबाट सिफारिस गरिएको र आठ सय ७२ द्रुत सेवाका लागि सिफारिस गरिएको जानकारी पनि दिनुभयो ।

कार्यालयले एक वर्षको अवधिमा विभिन्न शीर्षकबाट चार करोड ८० लाख रुपैया राजश्व संकलन गरेको छ । संस्था दर्ता, हातहतियार, राहदानी दस्तुर, न्यायिक दण्ड जरिवाना, प्रशासनिक दण्ड, जरिवाना, जफत, बेरुजु र परीक्षा शुल्कबाट राजश्व संकलन गरीएको हो ।

यस अवधिमा ५२ मुद्दा दर्ता भएको छ । दुई हजार चार सय ७० जनालाई आदिवासी जनजाति प्रमाणित, एक हजार ८० जनालाई दलित प्रमाणित, एक हजार आठ सय ७८ लाई पेन्सन सिफारिस गरिएको छ ।