
एजेन्सी । भारतीय अभिनेता रणवीर कपूर अभिनित फिल्म ‘ब्रह्मास्त्र’ ले बक्स अफिसमा पहिलो दिनदेखि नै कीर्तिमानी कमाई गरिरहेको छ ।
फिल्मले दोस्रो दिन पहिलो दिन भन्दा बढी कमाई गरेको छ । यसरी ब्रह्मास्त्र कोरोना अवधिपछि बक्स अफिसमा पहिलो दिन सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म बनेको छ ।
निर्देशक अयान मुखर्जीको निर्देशनमा बनेको यो फिल्म ४ सय १० करोड भारतीय रुपैयाँको लगानीमा बनेको हो । यस फिल्मले २ दिनमा कूल १ सय ६० करोड भारतीय रुपैयाँ कमाएको छ । फिल्मको पहिलो दिन भारतमा ३६ करोड भारु कमाई भएको थियो । योसँगै पहिलो दिनको विश्वव्यापी कुल कलेक्सन ७५ करोड भारु रहेको छ ।त्यसैगरी फिल्मले दोस्रो दिन भारतमा ४२ करोड भारु कमाएको छ भने विश्वव्यापी कुल कलेक्सन ८५ करोड भारु रहेको छ । यो सँगै फिल्मले २ दिनमा विश्वव्यापी १ सय ६० करोड भारु कमाएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार फिल्मले यसैगरी कमाइ गर्दै जाने हो भने पहिलो साताको अन्त्यमा २ सय ५० करोड भारु को आँकडा छुनेछ । यस फिल्ममा रणवीरको अलावा आलिया भट्ट, नागार्जुन, अमिताभ बच्चन, शाहरुख खान र मौनी रोयको अभिनय रहेको छ ।
यो फिल्म ९ सेप्टेम्बरबाट विश्वव्यापी रुपमा रिलिज भएको थियो । फिल्म भारतमा ५ हजार १९ स्क्रिनमा र अन्य देशहरूमा ३ हजार ८ सय ९४ स्क्रिनमा रिलिज भएको थियो ।
प्रतिक्रिया दिनुहोस्